पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की भन्छन्ः कम्युनिष्ट गठबन्धन बनेपछि सेयर बजार घट्यो



फाइल तस्बिर

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सेयर बजार कम्युनिष्ट गठबन्धन बनेपछि घट्न थालेको बताएका छन् ।

अर्थसमितिमा सेयर बजारको विषयमा आयोजित छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री कार्कीले जिम्मेवार व्यक्तिले सेयर बजारको बारेमा गलत अभिव्यक्ति दिएको बताए ।

‘कम्युनिष्टको गठबन्धन बनेपछि नै सेयर बजार घट्न थालेको हो,अझै दुई तिहाई आएपछि सेयर बजार झनै घट्यो,’पूर्व अर्थमन्त्री कार्कीले भने ।

उनले सरकारले लगानीकर्तालाई उत्साह जगाउने काम नगरेको बताए ।


क्लिकमान्डु