३.०८ अंकले घट्यो नेप्से, ३८ करोडको कारोबार
काठमाडौं । २ दिन लगातार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज साताको तेस्रो दिन ३.०८ अंकले घटेको छ । नेप्से परिसूचक ०.२७ प्रतिशतले घट्दा ११४१.१० विन्दूमा पुगेको हो ।
नेप्सेले जनाए अनुसार आज १ सय ६४ कम्पनीका १२ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ३८ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज वित्तीय समूह, उत्पादनमूलक समूह र अन्य समूह बाहेक सबै समूह घटेका हुन् । बैंकिङ समूह २.६८, होटल समूह १४.६८, विकास बैंक समूह १.९३, जलविद्युत समूह ३.८, निर्जीवन बीमा समूह २८.९, जीवन बीमा २५.७३ र लघुवित्त समूह १०.२५ अंकले घटेका हुन् ।
वित्तीय समूह ०.१७, उत्पादनमूलक समूह १३.८१ र अन्य समूह ०.६२ अंकले बढेका छन् । आज सबैभन्दा बढी कारोबार नेपाल बैंकले गरेको छ । बैंकले १३ करोड ४८ लाख ६१ हजार रुपैयाँको टर्नओभर गरेको हो ।
आज ज्ञानेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सबै बढी ८.४७ प्रतिशतले कमाई गरेको छन् । यता, मन्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७.२५ प्रतिशतले गुमाएका हुन् ।