उच्चस्तरीय समिति गठनको इन्भेष्टर्स फोरमद्वारा स्वागत



काठमाण्डौ । नेपालको वित्तीय प्रणालीको विकास र विस्तार गर्नका लागि अर्थमन्त्रालयले देखाएको अग्रसरताको नेपाल इन्भेष्टर्स फोरमले स्वागत गरेको छ ।

फोरमका महासचिव राजन लम्सालद्वारा आज प्रकाशित विज्ञप्तीमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्च स्तरीय समितिले मुद्रा र पूँजीबजारमा देखिएको समस्या समाधानमा ठोस पहल हुने विश्वास व्यक्त गरिएको छ ।

आमलगानीकर्ताहरुले उठाउँदै आएका जायज माग पूर्ण रुपमा संबोधन हुने विश्वास लिएका छौं–विज्ञप्तिमा भनिएको छ ।

 


क्लिकमान्डु