दोहोरो अंकले बढ्यो नेप्से, ४३ करोडको कारोबार



काठमाण्डौ । साताको पहिलो दिनबाट नै बढेको नेप्से परिसूचक आज दोश्रो दिन सोमबारपनि दोहोरो अंकले बृद्धि भएको छ । पहिलो दिन आइतबार परिसूचक दोहोरो अंकले बढेपनि कारोबार रकम भने न्यून रहेको थियो । तर, आज कारोबार रकमपनि उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

आज नेप्से परिसूचक १२.४९ अंकले बृद्धि भएको हो । १.१० प्रतिशतले परिसूचक बढ्दा ११४४.१९ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ६३ कम्पनीका १२ लाख ६४ हजार ३ सय ४० कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ४३ करोड ६७ लाख ५२ हजार ८ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्से परिसूचक बढेको दिन आज उत्पादनमूलक समूह र अन्य समूह घटेका छन् भने अरु सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूह २.५१ र अन्य समूह २.७९ अंकले घटेको हो ।

त्यसैगरी, बैंकिङ समूह १३.४३, होटल समूह २३.८७, विकास बैंक समूह १४.८, जलश्रोत समूह ५.१, बित्त समूह ४.४, निर्जीबन बीमा समूह ७२.०५, लघुबित्त समूह १८.०८ र जीवन बीमा समूह ९८.६९ अंकले बढेको हो ।

बजार बढेको दिन आज राइराङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ७.७७ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, महिला सहयात्रा लघुबित्त वित्तीय संस्थाका संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ६.६१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु