सेयर बजारमा सत्याग्रह, माग पूरा नभए आमरण अनशन बस्ने (भिडियो सहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि आइतबारदेखि दृष्य फेरिएको छ ।

टुकुचा खोलाको किनार सेयर बजारको कारोबार गर्ने निकाय स्टक एक्सचेन्जको कार्यालय हो । अहिले सेयर खरिदबिक्रीका लागि स्टक एक्सचेन्जमा लगानीकर्ता जानु पर्दैन । सबै काम ब्रोक्ररबाट नै हुन्छ ।

अझै नेप्सेले तिहार अगाडि अनलाइन कारोबार सुरु भएको घोषणा गर्यो । तर,व्यवहारिक कार्यान्वयन भएको छैन ।

आइतबारदेखि नेप्सेको कार्यालय अगाडि लगानीकर्ताको एउटा समुह अनशनमा छ । नेपालको सेयर बजारको इतिहासमा बजार सुधार्न माग राख्दै अनशन बसेको पहिलो पटक हो ।

अहिलेको अनशनमा लगानीकर्ता हरि ढकाल चर्चामा छन् । अनशनस्थलमा उनीसँगै लगानीकर्ताको एउटा समुह निधारमा कालो कपडा बाधेर बजार सुधारका लागि अनशन बसेको बताउँछ ।

अनशन बसेका हरि ढकाल अर्थमन्त्री डा युवराज खतिवडाले बजार सुधारका लागि कुनैपनि प्रयास नगरेको भन्दै माग पुरा नगर्ने भए उनले राजिनामा दिनुपर्ने बताउँछन् ।

‘२१ खर्ब पुगेको बजार पुँजीकरण १३ खर्बमा झरेको छ,अर्थमन्त्रीलाई हामीले कि माग पुरा गर्नुहोस् होइन भने राजिनामा दिनुहोस् भनेका छौ।’

उनले आफुहरुको माग पुरा नभए आमरण अनशन समेत बस्ने चेतावनी दिए । ‘हाम्रो माग पुरा नभएमा आमरण अनशन सम्म बस्न बाध्य हुन्छौ,’उनले थपे ।

लगानीकर्ताको माग   नयाँ भने छैन । विगतमा धितोपत्र बोर्डले नै प्रतिबद्धता जनाएको बजार सुधारका लागि ल्याउने भनिएका पूर्वाधारसँगै सम्बन्धित छन् ।

भिडियाे हेर्नुहाेस ।

 


क्लिकमान्डु