झापामा एनआईसी एशिया बैंकको नयाँ शाखा



काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२ मा झापा बजार शाखा उद्घाटन भएको छ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहबाट मंसिर २३ गते एक समारोहकाबीच उद्घाटन गरियो ।

बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार २०९ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु