नेपाल इन्भेष्टमेन्टको बम्पर लाभांश,१८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद पुँजी १२ अर्ब ५३ करोड पुग्ने



काठमाडौं । वाणिज्य बैंकहरुले बोनस सेयरभन्दा नगद लाभांशमा मात्र जोड दिएको बेला नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई बम्पर लाभांश प्रस्ताव गरेको छ ।

बैंकको संचालक समितिले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकको लाभांश प्रस्तावले बोनस आश गर्ने सेयरधनीलाई ठूलो राहत दिएको छ । १० अर्ब ६४ करोड चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर वितरणपछि चुक्ता पुँजी १२ अर्ब ५३ करोड रुपैयाँ पुग्ने छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको आइतबार प्रतिकित्ता ६१९ रुपैयाँको दरले सेयर कारोबार भएको छ । पछिल्लो एकवर्षको सेयर कारोबार हेर्दा इन्भेष्टमेन्टको सेयर मूल्यमा ठूलो उतारचढाव देखिएको छैन । बैंकले विगतदेखि नै बोनस सेयरसँगै नगद लाभांश नै दिने गरेको छ ।


क्लिकमान्डु