सेयर बजारमा अनशनको प्रभावः नेप्से परिसूचक १०.८५ अंकले बढ्यो, कारोबार भने २२ करोड मात्र



काठमाडौं । सेयर बजार बढ्नुपर्ने माग राख्दै लगानीकर्ताको एउटा समुह अनशनमा बसेको दिन नेप्से परिसूचक १०.८५ अंकले बढेको छ ।

लगानीकर्ताको समुहले आइतबारदेखि नेप्सेमा रिले अनशन सुरु गरेको हो ।
अनशन सुरु गरेको दिन परिसूचक १०.८५ अंकले बढेर ११३१.७० बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोबार भने सामान्य नै रहेको छ ।

आइतबार उत्पादन,होटल र वित्त समुह बाहेक सबै परिसूचक उकालो लागेको छ ।
समुहगत परिसूचकको आधारमा बैकिङ १०.४५,विकास बैंक १०.९९ र निर्जीवन बीमा कम्पनी १०.७१ अंकले उकालो लागेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक २ करोड ७७ लाख रुपैयाँको कारोबारबाट अगाडि रहेको छ । सबैभन्दा बढी मिर्मिरे लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ता गुमाउनेमा परेका छन् ।


क्लिकमान्डु