बुटबल पावरले २८ प्रतिशत लाभांश दिने




काठमाडौं । बुटबल पावर कम्पनीले २८ प्रतिशत लाभांश दिने भएको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर तथा १८ प्रतिशत नगद लाभांश छ ।

कम्पनीको २१ मंसिरमा बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । सेयरधनीलाई लाभांश बाढ्ने प्रस्ताव पारित गर्न कम्पनीले बार्षिक साधारणसभा पनि बोलाएको छ ।

कम्पनीले पुस २७ गतेको लागि बार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको सेयरधनी दर्ता किताब (बुक क्लोज) भने पुस ६ गतेदेखि २७ गतेसम्मको लागि बन्द हुनेछ ।


क्लिकमान्डु