पूँजी बजारमा देखिएको समस्या समाधान गर्न अध्ययन समिति गठन

क्लिकमान्डु २०७५ मंसिर २० गते १८:५४ मा प्रकाशित

काठमाण्डौ । पूँजी बजारमा देखिएको समस्या समाधान गर्न चार सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन भएको छ ।

अर्थ मन्त्रालयले पूँजी बजारमा देखिएका समस्या र समाधानका लागि सरकारले समितिको गठन गरेको जनाएको छ । समितिलाई एक सातामा प्रतिवेदन बुझाउन भनिएको छ ।

समितिमा केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजक तोकिएका छन् । त्यसैगरी समितिमा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र सेयर लगानीकर्ता सङ्घका प्रतिनिधि समेत रहने छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस