सान्जेन जलविद्युतको शेयर बिक्रीका लागि सह-निष्काशनकर्ता नियुक्त



काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह-निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ ।

विहीबार नागरिक लगानी कोषमा भएको सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि छुट्टयाईएको ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि छुट्टयाईएको ३६ लाख ५० हजार कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयरको लागि सनराईज क्यापिटल र एनएमबि क्यापिटललाई कोषको जिम्मेवारीमा सह-निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सामेल गराउने सम्झौता गरिएको छ ।

उक्त सम्झौता भएको कार्यक्रममा कोषका मुख्य व्यवस्थापक सुशीलकुमार अर्याल, कामु व्यवस्थापक शोभा श्रेष्ठ, उप व्यवस्थापक सुमन पौडेल र पुँजी बजार शाखा प्रमुख रोशनजंग कार्की तथा सह निष्कासन कम्पनी सनराइज क्यापिटलको तर्फबाट विजेन्द्रन्हुच्छे प्रधान एवम् एनएमबि क्यापिटलबाट कमलप्रसाद नेपाल सहभागी थिए ।


क्लिकमान्डु