साताकोे अन्तिम दिन थामियो बजार, २.७० अंकले नेप्से बढ्दा ३७ करोडको कारोबार



काठमाण्डौ । साताको अन्तिम दिन आज बिहीबार नेप्स परिसूचक झिनो अंकले बढेको छ । हिजो भारी अंकले नेप्सेमा पहिरो गएको थियो । आज राहत स्वरुप थोरै भएपनि परिसूचक बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २.७० अंकले परिसूचक बढेको छ । ०.२४ प्रतिशतले बढ्दा परिसूचक ११२०.८४ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ६२ कम्पनीका १३ लाख ७४ हजार ३ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ३७ करोड ९ लाख ७१ हजार ९ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्से परिसूचक बढेको दिन आज जलश्रोत र उत्पादनमूलक समूह बाहेक सबैमा हरियाली छाएको छ । जलश्रोत समूह ९.८१ र उत्पादनमूलक समूह २.६२ अंकले घटेको हो ।

त्यसैगरी, बैंकिङ समूह २.५५, होटल समूह ०.६५, विकास बैंक समूह ३.३१, बित्त समूह ०.७९, निर्जीबन बीमा समूह ३५.५९, अन्य समूह ०.८७, लघुबित्त समूह ०.५४ र जीवन बीमा समूह ४४.०७ अंकले बढेका छन् ।

बजार बढेको दिन आज आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ७.३० प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, कालीका लघुबित्त वित्तीय संस्थाका संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ७.४२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु