८ प्रतिशत बोनस शेयर दिने कालीका लघुबित्तको घोषणा




काठमाण्डौ । स्याङ्जा जिल्लाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालीका लघुबित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४\०७५ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

यही मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
८ प्रतिशत बोनस शेयर र सो बापत लाभांश कर समेत गरी ८.४२ प्रतिशत बोनस शेयर तथा नगद लाभांस स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको संस्थाले जनाएको छ ।

राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाबाट पारित गरेर शेयरधनीहरुलाई बोनस शेयर बितरण गर्ने निर्णय भएको कम्पनी सचिव शिवराम जोशीले बताए ।

 


क्लिकमान्डु