मंसिर २० देखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव हुँदै




भैरहवा । यही मंसिर २० गते देखि पौष १ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव २०७५(पर्यटन कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजना महोत्सव हुन लागेको हो ।

अन्य स्थानमा र यस अघि भएको महोत्सव भन्दा यस पटक भैरहवामा हुने महोत्सव फरक हुने भएको छ । समान्यता मेला महोत्सव भनेको मनोरञ्जनका लागि भन्ने आममानिसको मनोविज्ञान छ ।

तर, भैरहवामा हुने महोत्सवमा दर्शकलाई मनोरञ्जन मात्र नभई आत्मनिर्भर हुनका लागि उत्प्रेरित गर्नु पनि हाम्रो उद्देश्य मध्ये एक हो, महोत्सवका मिडिया संयोजक गोविन्द ज्ञवालीले भने-जसका लागि हामीले सोही किसिमका स्टलहरुलाई प्रथामिकता दिएर बुकिङ गरिरहेका छौँ ।

उनका अनुसार महोत्सवमा रुपन्देही जिल्लामा रहेको उद्योगहरुद्धारा उत्पादित वस्तुका स्टलका साथै न्युन लगानीमा पनि मनग्य आम्दानी गर्न सकिने व्यवसायको स्टल प्राथामिकताका साथ दर्ता भइरहेको छ ।

उनले भैरहवा महोत्सवमा आएका दर्शकहरु केवल रमाएर मात्र नभई ज्ञानका साथै महोत्सव दर्शकलाई निकै फलदायी हुने विश्वास लिइएको बताए । आफ्नै मुलुकमा रहेको जडिबुटीको उपोग गरेर पनि आत्मनिर्भर बन्न सकिने धेरै मार्गहरु छन् । जसका लागि आयोजकले आर्येुवेदिक खेती लगायत अन्यबाट आत्मनिर्भर बन्न सकिने स्टलहरु पनि महोत्सवमा रहने जनाएको छ ।

त्यस्तै, पाँच नम्बर प्रदेशको पर्यटन प्रवद्र्धनका गर्ने पनि मेलाको उद्देश्य रहेको छ । जसका लागि महोत्सवमा पाँच नम्बर प्रदेशको लुम्बिनी र पाल्पा जिल्लामा अवस्थित रानीमहलको प्रतीक निर्माण गरिएको छ ।

भैरहवा महोत्सवमा प्रत्येक वर्ष लुम्बिनीको मायोदेवी प्रतिक निर्माण हुने गर्दथ्यो । र, यस वर्ष पनि निर्माण गरिएको छ । तर, यस वर्ष थप केही नयाँपन दिनुका साथै पाँच नम्बर प्रदेशको पर्यटन प्रवद्धनका लागि पाल्पाको रानीमहलको प्रतीक पनि निर्माण गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुलप्रसाद न्यौपानेले बताए ।

महोत्सवमा भारत लगायत नेपालका विभिन्न क्षेत्रका दर्शकहरु आउने गर्दछन् । यस क्षेत्रका अधिकांश दर्शक लुम्बिनी भ्रमण गरेपनि अधिकांशले भने पाल्पाको रानीमहलको अवलोकन गरेका छैनन् । जसका लागि हामीले पाल्पाको पर्यटन प्रवद्धनको लागि महोत्सवमा रानीमहलको प्रतिक बनाएका र्छौँ संयोजक न्यौपानेले भने ।

आयोजकले महोत्सवमा आएका दर्शकहरुलाई बुद्धसर्किट घुमाउने योजनाको कामपनि जारी राखेको छ । महोत्सवमा आएका दर्शकहरुलाई बुद्धसर्किट भ्रमण गर्ने इच्छा भएमा निश्चित रकम लिएर बुद्ध सर्किटको भ्रमण गराउने योजना अन्र्तगत छलफल भइरहेको उनले बताए ।

तराईमा निकै लोकप्रिय रहेको कुस्ती खेलको प्रतियोगिता समेत गराइनेछ । ग्रामिण क्षेत्रबाट आउने दर्शकहरुलाई मध्यनजर गर्दै महोत्सवमा कुस्ती खेल समेत खेलाइनेछ । ग्रामिण क्षेत्रबाट आएका दर्शकहरुलाई कुस्ती खेला निकै रोमाञ्चक लाग्ने हुनाले हामीले कुस्ती खेल खेलाउने छौँ, उनले भने–यसले महोत्सवमा उत्साहजनक सहभागिता गराउने हुनाले यो खेललाई महोत्सवमा समावेश गरेका हौँ ।


क्लिकमान्डु