शेयर बजारमा पहिरो, २२.८० अंकले नेप्से घट्दा ३७ करोडको कारोबार



काठमाडौं । साताको चौथो दिन आज बुधबार नेप्से परिसूचक २२.८० अंकले ओरालो लागेको छ । मंगलबार परिसूचक बढेपनि बजारले बियरिस ट्रेण्ड नै समातेको छ ।

२ प्रतिशतले परिसूचक घट्दा १११८.१९ बिन्दुमा झरेको छ ।

नेप्सेले जनाए अनुसार आज १ सय ५६ कम्पनीका ११ लाख ६८ हजार २ सय ३३ कित्ता सेयर खरिद विक्री भएको छ ।

समग्र नेप्सेमा ३७ करोड ७२ लाख ८६ हजार २ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज परिसूचकका सबै समूह राताम्मे भएको छ । बैंकिङ समूह १५.२२, होटल समूह १०.७३, विकास बैंक समूह ३३.८८, जलविद्युत समूह २१.२४, वित्त समूह २.४, निर्जीवन बीमा समूह १८५.२६, उत्पादन मुलक समूह २५.४७, अन्य समूह २८.०८, जीवन बीमा ९६.०१ र लघुवित्त समूह ३०.४१ अंकले घटेका छन् ।

आज सबैभन्दा बढी कारोबार नेपाल बैंकले गरेको छ । बैंकले ३ करोड ५४ लाख १४ हजार रुपैयाँको टर्नओभर गरेको हो ।

हाथवे फाइनान्स कम्पनीले सबै भन्दा बढी कमाई गरेको छ । कम्पनीले ५.७७ प्रतिशतले कमाई गरेको हो । राधी विद्युत कम्पनीलेले आज सबैभन्दा बढी गुमाएको छ । कम्पनीले ६.८९ प्रतिशतले गुमाएको हो ।

साताको पहिलो दिन आइतबार नेप्से १७.७३ अंकले घटेको थियो । सोमबार झिनो अंकले बढेको नेप्से मंगलबार भने दोहोरो अंकले बढेको थियो ।


क्लिकमान्डु