चौतारीको आइपीओ बिक्री शुरु, न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौँ । बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो ।
उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कूल बिक्री गर्न लागिएको शेयरमध्ये तीन हजार कित्ता सामूहिक लगानी कोष र नौ हजार ३०० कित्ता संस्थामा कार्यरत कर्मचारीलाई छुट्याइएको छ ।
शेयर बिक्री छिटोमा यही मङ्सिर २३ गते र ढिलोमा आगामी पुस १९ गतेसम्मलाई तोकिएको लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।