ठगी गर्ने पेट्रोल पम्पलाई कैद र जरिवाना, १० लिटर बिक्री गर्दा ४०० मिलिलिटरसम्म ठगी



काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने पेट्रोल पम्पलाई कारवाही गरेको छ ।

विभागले १० लिटर पेट्रोलियम पदार्थ बिक्री गर्दा ४०० मिलिलिटरसम्म ठगी गरेको भन्दै विजय आयल स्टोर बारा कलैयालाई कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवेयरका माध्यमबाट व्यापक ठगी गरेकाले कारवाही गरेको बताए । “कानून प्रक्रिया पूरा गरी तीन महिना कैद सजाय र १० हजार जरिवाना गरेका छौँ”, उनले बताए ।

पछिल्लो समय सफ्टवयर प्रविधिको प्रयोग गरी ठगी गर्नेक्रम बढेपछि विभागले यस्ता पेट्रोल पम्पमाथि विशेष निगरानी शुरु गरेको छ । विभागले एक महिना अगाडि मात्र यसरी ठग्ने १२ पेट्रोल पम्पलाई कारवाही गरेको थियो ।


क्लिकमान्डु