सेयरधनीले लाभकर तिर्नुपर्ने गरी ग्लोबलले दिने भयो १६ प्रतिशत बोनस सेयर,पुँजी १० अर्ब ३१ करोड पुग्ने



काठमाडौं । सेयरधनीले आफै तिर्नुपर्ने गरी ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोन सेयर प्रस्ताव गरेको छ ।

बैंकको संचालक समितिले १६ प्रतिशत बोनस सेयर दिने र यसमा लाग्ने कर भने सेयरधनी आफैले दिनुपर्ने प्रस्ताव गरेको छ ।

८ अर्ब ८८ करोड चुक्ता पुँजी रहेको ग्लोबल आइएमईको १६ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड पुग्ने छ । अहिलेसम्म घोषणा भएको लाभांशमा बोनस सेयर सबैभन्दा बढी दिने बैंक ग्लोबल हो ।


क्लिकमान्डु