नविल बैंकले ३४ प्रतिशत लाभांश दिने




काठमाडौं । नविल बैंकले ३४ प्रतिशत लाभांश दिने भएको छ । यसमध्ये १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको मंसिर १७ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैंक संचालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।


क्लिकमान्डु