हिमस्टारको ३ वटा नयाँ बुफर बजारमा, यस्ता छन् विशेषता



काठमाण्डौ । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले ३ वटा नयाँ बुफर बजारमा ल्याएको छ ।

सार्बजनिक गरिएका नयाँ मोडलहरू १७ सीएमपीएस, १९ सीएमपीएल र १८ सीएमपीएल हुन् । सबै मोडलहरू नवीनतम प्रविधिका साथमा छ, जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कन्ट्रोल समावेश गरिएको कम्पनीले जनाएको छ ।

पहिलो मोडल, १७ सीएमपीएस ब्ल्याक कलरमा उपलब्ध छ र RMS 20 X 2 watt  साउण्ड आउटपुट सहित यूएसबी, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफङ्शन रिमोट कन्ट्रोल जस्ता अतिरिक्त सुविधाहरू छन् ।

अर्को १९ सीएमपीएल ब्ल्याक कलरमा उपलब्ध छ । यसमा RMS 40 X 5 watt साउण्ड आउटपुट, यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफङ्शन रिमोट कन्ट्रोल रहेको छ ।

१८ सीएमपीएल जसमा RMS 40 X 5 watt साउण्ड आउटपुट सहित यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफङ्शन रिमोट कन्ट्रोल रहेको छ ।


क्लिकमान्डु