मंसिर २० देखि मोबाइल तथा ल्यापटप मेला, किस्ताबन्दीमा पनि पाइन्छ



काठमाण्डौ । ग्याजेट पारखीहरुले किस्ताबन्दीमा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् ।

सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि सञ्चालन गर्ने मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा दिने भएको हो ।

मोबाईल एक्सचेञ्जज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ । ९ हजार ९ सय ९९ रुपैयाँदेखि २ लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ’– सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने । ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप, क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनेटमा फेस टू फेस मोबाइल मर्मतको सेवापनि मेलामा पाइने छ । निशुल्क पार्किङको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ ।

सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई, डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।


क्लिकमान्डु