टोस्टमास्टर्सको पहिलो डिभिजन सम्मेलन सम्पन्न, डा. वाग्ले सम्मानित



काठमाण्डौ । नेपालमा टोस्टमास्टर्सका १४ ओटा क्लब र करीब ५ सय सदस्यहरुको साथमा यही मंसिर १५ गते होटल हिमालयमा आफ्नो पहिलो डिभिजन सम्मेलन सम्पन्न भएको छ ।

नेपालका १४ वटा टोस्टमास्टर्स क्लबहरूबाट २५० सदस्यहरू सम्मेलनमा उपस्थित भएका थिए । यी सदस्यहरू कर्पोरेट, बैंकरहरू, व्यवसायिक व्यक्तित्वहरू, शिक्षकहरू, पर्यटक उद्यमीहरू, कार्यकारीहरू, सल्लाहकारहरू, मिडिया व्यक्तित्वहरू र कार्यरत व्यावसायीदेखि कलेजहरूका युवा विद्यार्थीहरू रहेका थिए ।

भारतको बेंगलोरका एक प्रतिष्ठित टोस्टमास्टर डा. राजदिप मानवानीले सम्मेलनमा आफ्नो मुख्य टिप्पणीहरू दिए र टक सेसनको आयोजनापनि गरे । डा. मनवानी एक शिक्षाविद्, प्रशिक्षक, प्रेरक वक्ता, जीवनकोच, सल्लाहकार र उत्कृष्ट क्विज मास्टर रहेका छन् ।

डा. मनवानीले तीन विधामा स्नातकोत्तर र पीएच डी का साथै एमकम, एमबीए र एमफिल तथा वाणिज्य बैंकमा प्रशिक्षणको सामरिक मूल्याङ्कनमा वाणिज्यमा डाक्टर पनि पूरा गरेकन छन् ।

नेपालका प्रतिष्ठित जूरी समूहद्वारा छानिएका मिडिया व्यक्तित्व डा.स्वर्णिम वाग्लेलाई “कम्युनिकेसशन अवार्ड २०१८ प्रदान गरियो । यस प्रकारको पुरस्कार पहिलो पटक गैर टोस्टमास्टर सदस्यलाई प्रदान गरिएको हो । नेपाल टोस्टमास्टर्सले यस प्रकारको अवार्ड हरेक वर्ष प्रदान गर्नेछ ।

कार्यक्रममा प्यानलिस्ट चाँदनी जोशी, रितु सिंह वैद्य र सुमना श्रेष्ठको साथ महिलाहरूको पुस्तैनि नेतृत्वको विषयमा प्यानल बहस भएको थियोे । छलफल कार्यस्थलमा महिलाहरूद्वारा सामना गर्ने चुनौतीहरू र समाधानका सम्भावित तरिकाको बारेमा ध्यान केन्द्रित गरिएको थियो । प्यानल बहस टोस्टमास्टर रविन लामाद्वारा संचालित गरिएको थियो ।

नेपालका डिभिजन ए को सबै फाइनलिस्ट हियुमरस र इभ्यालुएशन स्पिच चरणमा प्रतिस्पर्धा भयो । भाषण मूल्यांकन प्रतियोगिताको बिजेता टोस्टमास्टर असिरा खनाल र हास्य भाषण प्रतियोगिताको बिजेता टोस्टमास्टर रुजल लाल जोसी भए । दुवै प्रतियोगिताका विजेताहरु भारतको कोलकातामा २०१९ मे महिनामा माथिल्लो स्तरको प्रतिस्पर्धाका लागि जानेछन् ।

यी प्रतियोगिताहरू टोस्टमास्टर्स इन्टरनेसनलद्वारा निर्र्देेिशत टोस्टमास्टर्स इन्टरनेसनल दिशा निर्देशनहरूको अनुसार व्यवस्थित गरिन्छ जसले हरेक वर्ष विश्वस्तरको भाषण प्रतियोगिता आयोजना गर्दछ ।

कार्यक्रममा एसोसिएट क्लब ग्रोथका निर्देशक प्रतिष्ठित टोस्टमास्टर सुमन शाक्यले भने, “हामी हाम्रा सदस्यहरुको सहभागिता हेरेर उत्साहित भएका छौं । यो कार्यक्रमले कोशे ढ़ूँगोको काम गरेको छ र अब हामीलाई अन्य शहरहरूमा पनि टोस्टमास्टर विस्तार गर्न मद्दत गर्नेछ । “

यस सम्मेलनमा भारतबाट प्रोग्राम गुणस्तर निर्देशक वरिष्ठ टोस्टरमास्टर प्रशान्त गोयलको पनि उपस्थिति रहेको थियो ।


क्लिकमान्डु