प्रभु टिभीले ४ जना ग्राहकलाई हलेसी दर्शन गरायो



काठमाण्डौ । प्रभु टिभीले दशैँ तिहारको अवसरमा(प्रभु टिभी झलल प्रभु हेलिकप्टरमा सरर) प्रशारण गरेको कार्यक्रममा उक्त अवधिमा ग्राहक भई सेवा लिएका ४ जना ग्राहकलाई दिन प्रभु हेलिकप्टरबाट हलेसी महादेव खोटाङ्गको दर्शन गराइएको छ ।

बोनान्जा सेल्फी अफर विजेता काठमाण्डौका नेत्रबहादुर मगर, पोखराको बिष्णुप्रसाद घिमिरे, सुनसरीका धनकुमारी घिसिङ र चितवनका सुरज घिमिरेलाई हलेसी महादेव दर्शन गराइएको हो ।

कम्पनिले विभिन्न क्षेत्रका ग्राहकहरुलाई संलग्न गराउन पाएकोमा कृतज्ञता ज्ञापन गरेको छ ।


क्लिकमान्डु