चितवनमा खैरहनी महोत्सव शुरु, २ करोडको कारोबारको हुने



चितवन । चितवनको खैरहनीमा आजदेखि प्रथम खैरहनी महोत्सवको शुरु भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा मंसिर १६ गतेदेखी मंसिर २४ गते सम्म मेला सञ्चालन हुनेछ ।

संघका अध्यक्ष एवंम् महोत्सव मूल समितिका संयोजक चन्द्रप्रसाद सापकोटाले खैरहनी २ स्थित लदरा खोला किनारमा सञ्चालित मेलामा कृषि, पर्यटन, उद्योग र संस्कृतिसँग सम्बन्धित २ सय साधारण तथा ३ वटा विषेश स्टल रहेका छन् ।

महोत्सवमा २ करोडको कारोवार हुनुका साथै ४० लाख खर्च हुने संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले वताए । महोत्सवमा कृषिको प्रर्वद्धन गर्न एकिकृत नमुना खेती प्रर्दशनी, कृषि उपजको प्रतियोगिता पनि गरिने छ ।

त्यस्तै कंकाली सामुदायिक वन झल्कने गरी महोत्सव परिसरमा डेमो राखिएको छ । जसमा ऐतिहासिक कंकालीमाईको मन्दिर, वन, सानो चिडियाखानाको समेत दर्शकले अवलोकन गर्न पाउने मेला व्यवस्थापन समितिका संयोजक रामेश्वर पोखरेलले वताए ।

कंकाली वनसंगै विभिन्न जातजातिको सास्कृतिक घर समेत रहेको छ । पहिलो पटक आयोजना गर्न लागि महोत्सवलाई आकर्षक वनाउने लोपोन्मुख राउटे जातिको प्रर्वद्धनका लागि संस्कृति र उनीहरुको शिप प्रदर्शनी गर्न लागिएको संघका महासचिव कुमार खनालले जानकारी दिए ।

त्यस्तै महोत्सवको अर्को आर्कषणमा अन्र्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिता पनि हुनेछ । नेपाल र भारतका गरी करिव २० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन् । महोत्सवमा दैनिक सास्कृतिक कार्यक्रम समेत हुनेछन् ।

जसमा राष्ट्रिय कलाकारहरु मनोज गजुरेल,रामजी खाँड, प्रकाश सपुत, मिलन लामा, टंक वुढाथोकी, अशोक दर्जी, रमेशराज भट्टराई, प्रमोद खरेल, भुमिका गिरी, शान्तीश्री परियार, दुर्गा सापकोटा, जादुगर वलराम सरकार लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने सास्कृतिक समिति संयोजक अर्जुन लम्सालले वताए ।


क्लिकमान्डु