पाँच हजार ७६३ जनालाई तीन करोड सामाजिक सुरक्षा भत्ता बितरण



तनहुँ । शुक्लागण्डकी नगरपालिका कार्यालयले चालु आव २०७५\७६ को प्रथम चौमासिकमा तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले पाँच हजार ७६३ जनालाई गत असारदेखि असोज महीनासम्म उक्त रकम वितरण गरेको हो ।

ज्येष्ठ नागरिक, दलित, एकल महिलालाई मासिक एक हजार, आंशिक अशक्त अपाङ्गतालाई मासिक ६०० र पूर्ण अशक्त अपाङ्गतालाई मासिक दुई हजारका दरले प्रदान गरिएको सामाजिक विकास कार्यक्रमका नासु मञ्जु सुवेदीले बताइन् ।

चालु आवको प्रथम चौमासिक सामाजिक सुरक्षा कार्यविधि २०७५ लागू भएपछि भूतपूर्व सैनिकको लगत कट्टा गरिएकामा पुनःसरकारले कायम गर्न निर्देशन दिएपछि लगत कट्टा गरेकाको कायम गर्दा भत्ता वितरण कार्यमा ढिलाइ भएकाले दशैँपछि मात्रै बाँडिएको उनले जानकारी दिइन् ।

सत्तरी वर्ष पुगेका ज्येष्ठ नागरिकलाई औषधोपचारवापत मासिक एक हजार थप गरी प्रदान गरिने प्रावधान छ । गत आवमा पाँच हजार ७२७ जनालाई आठ करोड ९३ लाख ६ हजार ४०० सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु