जोशी हाइड्रोपावरको आइपिओ खुल्यो, कति भर्ने ? कहाँ भर्ने ?



काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले आजदेखि साधारण शेयरको बिक्री सुरु गरेको छ ।

कूल ३ मेवागाटको जलविद्युत् उत्पादन गरिरहेको कम्पनीले आजदेखि साधारण शेयर बिक्री सुरु गरेको हो ।

आजदेखि आइतबारदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरका लागि आवेदन दिन पाइने जोशी हाइड्रो पावरले जनाएको छ ।

न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन पाएने कम्पनीले जनाएको छ । आयोजनाले यस अघि प्रभावित क्षेत्रका लागि ३ लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गर्ने लक्ष्य राखेको थियो । तर सबै शेयर बिक्री हुन सकेको थिएन ।

कम्पनीले १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४० कित्ता साधारण शेयरको बिक्री सुरु गरेको हो ।

बिक्री हुन लागेको मध्ये ५० हजार ७४१ कित्ता सेयर कम्पनीका कर्मचारी, ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोष र बाँकी १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिट लिमिटेडले रहेको छ ।


पुष्प दुलाल