अर्थमन्त्री खतिवडाले भने- राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको भन्ने कुरा झुट हो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी किन्न लागिएको भन्ने बजार हल्ला झुटो भएको दाबी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाजले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो दाबी गरे ।

राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको समाचार बाहिर आएपछि सरकार र राष्ट्रपति विरुद्ध सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहेको छ । राजा–महाराजाहरुले पनि राज्यबाट यस्तो ठूलो सुविधा नलिएको भन्दै राजाभन्दा राष्ट्रपति महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेका बेला अर्थमन्त्री १८ करोडको गाडी किन्न लागिएको भन्ने हल्ला झुट भएको दाबी गरेका हुन् ।

‘अहिले जसरी १८ करोड रुपैयाँको बजार हल्ला ब्यापक छ, त्यो सत्य होइन, कुनै एउटा मिडियाले लेख्यो अर्कोले त्यसको साभार गर्ने, साभारमाथि साभार हुँदा जनस्तरमा गल सन्देश गएको छ,’ खतिवडाले प्रष्ट पारे, ‘१८ करोड हुँदै होइन । कति हो भनेर अनौपचारिक रुपमा सोध्नुहोला ।’

आफ्नो भाषण्का क्रममा खतिवडाले राष्ट्रपतिका लागि कति मूल्यको गाडी किन्न लागिएको भन्ने कुरा खुलाएनन् । तर, १८ करोड रुपैयाँ खर्च गरेर गाडी किन्न लागिएको कुरा चाहीँ झुट भएको उनले दाबी गरे ।

कार्यक्रम सकिएपछि १८ करोड रुपैयाँ नभएर कति हो त मन्त्री ज्यू भनेर क्लिकमाण्डूले गरेको प्रश्नमा अर्थमन्त्री खतिवडाले भने,- ‘१४ करोड ।’

तर, के कारणले १८ करोड नभई १४ करोड रुपैयाँ हो भन्ने बारे उनले बोल्न चोहनन् ।

‘१८ करोड हुँदै होइन, १४ करोड हो, गल हल्लाका पछि नलाग्नुहोस्,’


पुष्प दुलाल