स्वदेश फर्केपछि मुख्यमन्त्री पौडेलले भने-कतारका व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक छन्



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कतारमा भ्रमण फलदायी भएको प्रतिक्रिया दिएका छन् । ‘वन बेल्ट वन रोड’ सम्बन्धी कतारमा सम्पन्न शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि मुख्यमन्त्री पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मुख्यमन्त्री पौडेलले सम्मेलन सहभागी हुँदा नेपालमा चीनसंगै कतारका व्यवसायीहरुले पनि लगानी गर्ने इच्छा व्यक्त गरेको बताए । कतारका व्यवसायीहरु ३ नम्बर प्रदेशमा उद्योग, पर्यटन र जलश्रोत क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको मुख्यमन्त्री पौडेलले बताए ।

कतारमा नेपालबाट कामदारहरु जाने गरेको स्मरण गराउँदै उनले कतारले नेपालमापनि लगानी गर्नु पर्ने धारणा सम्मेलनका क्रममा राखेको बताए । मुख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेशमा लगानी गर्ने वाताबरण सिर्जना गर्ने विश्वास दिलाएको बताए ।

कतारका अर्थमन्त्री अहमद विन जसिम विन महम्मद अल्थानीको निमन्त्रणामा आईतबार कतार गएका मुख्यमन्त्री पौडेल बिहीबार स्वदेश फर्किएका छन् । मुख्यमन्त्री पौडेलसंगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालपनि स्वदेश फर्किएका छन् ।

कतारमा सम्पन्न ‘वन बेल्ट वन रोड’ सम्बन्धी शिखर सम्मेलनमा विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहररू, विशेषज्ञहरू र व्यवसायीहरुले सहभागिता जनाएका थिए ।

सम्मेलनमा कतार, बेलायत, दक्षिण अफ्रिका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुर लगायतका देशबाट प्रतिनिधिहरु सहभागी भएका थिए ।


क्लिकमान्डु