हट्यो जोरविजोर प्रणाली




काठमाडौं । एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सम्मेलनमा आएका सहभागीको सवारी सुविधा सहज बनाउन भन्दै सरकारले लागू गरेको जोरविजोर प्रणाली खारेज भएको छ ।

मंसिर १३ गतेदेखि १६ गतेसम्मको लागि भन्दै लागू गरिएको जोर विजोर प्रणाली मंसिर १४ गतेदेखि नै हटाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सार्बजनिक सुचना प्रकाशित गरेर जोरविजोर प्रणाली खारेज भएको जानकारी दिएको छ । गृहमन्त्रालयको निर्देशनमा हटाइएको भनिएको जोरविजोर प्रणाली मंसिर १४ गते (आज) विहान साढे ११ बजेदेखि हटाइएको हो ।

सरकारले लागू गरेको जोरविजोर प्रणालीको नागरिकस्तरबाट ब्यापक विरोध भएको थियो ।


क्लिकमान्डु