रेनोले नेपालमा २५००औं ग्राहक बनायो, कम्पनीका उपाध्यक्षले गरे साँचो हस्तान्तरण



काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनी प्रालि (विसाल ग्रुप अन्र्तगतको कम्पनी) ले २५०० औं ग्राहक बनाएको छ ।

नक्सालमा रहेको शोरूममा आयोजित कार्यक्रममा रेनो इंडियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकहरूलाई हस्तान्तरण गरे ।

यो समारोह रेनोको रेनोको कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड रहेका छन् । यस अवसरमा कम्पनीका उपाध्यक्ष डबरुएलले आफ्नो आत्मविश्वास व्यक्त गरे कि रेनोले बजारमा आफ्नो स्थिति र बाजार साझेदारीलाई अझ बलियो बनाउनेछ ।

उनले भने–रेनोले नेपाली ग्राहकहरूलाई सस्तो मूल्यमा उत्तम प्राविधिक उत्पादन र इन्नोभेटिभ डिजाइनहारू नेपाली बजारमा पस्किरहने छौँ ।

बहुराष्ट्रिय फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सन् २०१६ नेपालमा आएको थियो र तब बाट कम्पनीले आफ्नो ठूलो प्रगति देखाएको छ र नेपाली आटोमोबाइल बजारमा शीर्ष तीन कार ब्रान्ड मध्ये एक भएको छ ।

रेनो सबैभन्दा छिटो बढ्दो कार ब्रान्ड हो र रेकर्ड समयमा प्रमुख माइलस्टोन सम्म पुग्न सक्षम भएको छ । रेनोले नेपालका प्रमुख कार ब्रान्डहरु मध्ये एकको रूपमा आफुलाई स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु