सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई लेखा समितिको निर्देशन-दश दिनभित्र वाइड बडीबारे राय पेश गर्नु



काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरिद गरेको वाइड बडी विमान खरीद गर्दा सार्वजनिक खरिद प्रक्रिया उल्लङ्घन गरे÷नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा उक्त कार्यालयका सचिव मधुप्रसाद रेग्मीबाट विमान खरीद प्रक्रियाका सम्बन्धमा आवश्यक जानकारी लिएपछि समितिले १० दिनभित्र लिखित राय पेश गर्न निर्देशन दिएको हो ।

एक हजार घण्टा उडान भरेको उक्त विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन भए\नभएकोसहित समितिमा उठेका प्रश्नको सम्बोधन हुने गरी प्रतिवेदन दिन समितिले निर्देशन दिएको छ ।

उक्त विमान खरीदमा अनियमितता भएको हुन सक्ने आशङ्का भएपछि संसदीय समितिले आ-आफ्नो कार्यक्षेत्रभित्र रहेर सरोकारवालासँग आवश्यक जानकारी लिँदै आएका छन् ।


क्लिकमान्डु