नेपालगञ्जमा बजाज आरईको टेस्ट ड्राइभ मेला



काठमाण्डौ । थ्री ह्वीलर (टेम्पु) विक्री गर्नेे अधिकृत विक्रेता हंसराज हुलासचंदले नेपालमा बजाज आरई उपलब्ध गराउँदै आएको छ ।

बजाज आरईको बारेमा जानकारी दिने र बजाज आरई सर्बशाधरणलाई टेस्ट ड्राईभ दिने र मनोरञ्जन दिने उद्धेश्यका साथ सडक बिभागको चौर, कारकाँदो, नेपालगंजमा यही मंसिर ८ गते बजाज आरई महा टेस्ट ड्राइभ मेला सम्पन्न भएको छ ।

विश्वको नं. १ थ्री ह्वीलर बजाज आरईले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा बजाज आरईआएको हो । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरईको मुख्य उदेश्य रहेको छ ।

यहि उदेश्य लिएर बजाज आरईले टेष्ट ड्राइभ मेला आयोजना गरेको हो । बजाज आरईमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी रहेको छ ।

यही मेलामा साङ्गीतिक कार्यक्रम, लक्की ड्र, नृत्य प्रस्तुति, नाटक, फुड स्टलको व्यवस्था गरिएको थियो । सर्बसाधारणले कार्यक्रमबाट भरपुर आनन्द उठाएका थिए ।

समारोहका मुख्य आकर्षण प्रशिद्ध गायिका इंदिरा जोशी, प्रसिद्ध गायक कालीप्रसाद बास्कोटा, प्रशिद्ध गायक सूरज थापा र प्रबिद्ध कमेडियन राजा राजेन्द्र पोखरेल जस्ता स्टार कलाकारद्वारा प्रत्यक्ष प्रस्तुति रहेको थियो ।

उक्त कार्यक्रममा टेस्ट ड्राइभ गर्न चालकहरूलाई निःशुल्क खाना र आकर्षक उपहारको व्यवस्था गरिएको थिया । साथै, उक्त कार्यक्रमको प्रवेश निःशुल्क रहेको थियो ।

बजाज आरई नेपालगंजको आधिकारिक बिक्रेता युनाईटेड मोटर सप्लायर्स प्रा लि रहेको छ ।


क्लिकमान्डु