गृह मन्त्रालयले तयार पारेको अध्यादेशप्रति नेपाल पेय तथा चुरोट उद्योग संघको ध्यानाकर्षण



काठमाण्डौ । नेपाल सरकार गृह मन्त्रालयद्वारा आदेश जारी गर्नका लागि तयार गरिएको भनिएको मदिरा उत्पादन र विक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी अध्यादेश, २०७५ का सम्बन्धमा नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मदिरा उद्योगमा स्वदेशी लगानीकर्ताको ठूलो धनराशी लगानी भएको, त्यस्ता उद्योगहरुमा बैँक, वित्तीय संस्था तथा अन्य तवरबाट ठूलो मात्रामा ऋण लगानी समेत भएको र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाखौंको संख्यामा रोजगारी प्रदान गरिरहेको संघद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ-स्वदेशी उद्योगहरुले राज्यले निर्धारण गरेको मापदण्ड भित्र रहि गुणरस्तरयुक्त मदिराको उत्पादन तथा बिक्री वितरण गरिरहेको र हालको मुख्य समस्या भनेको घरेलु मदिरा रहेको र छिटपुट कारवाही गरे जस्तो देखिए पनि यसको नियन्त्रणमा सम्बन्धित सरकारी निकाय उदास रहेको पाईन्छ ।

हाल गृहन्त्रालयको मस्यौदामा उल्लेख भएको भनिएको व्यवस्था सरकारको स्वीकृतिमा औपचारिक रुपमा संचालित उद्योगहरुउपर अनावश्यक रुपमा नियन्त्रण हुनगई अवैध मदिराको कारोवार बृद्धि हुने तथा गुणस्तरहीन अवैद्य मदिराको बिक्रि वितरण वृद्धि भई त्यसको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने, देशलाई प्राप्त हुने राजश्व समेत गुम्ने, समाजमा विकृती फैलने, पर्यटन तथा विज्ञापन व्यवसाय समेत खस्कने, देशमा रोजगारीहरण हुने संघका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

यस व्यवसायलाई अनुशासित एवं मयार्दित तवरले संचालन गर्नका लागी सम्बन्धित सबै पक्षसँगको समन्वयबाट मात्र सम्भव रहेको हुँदा यस विषयमा नेपाल सरकारसँग समन्वय गर्न तथा सघाउन यस संघ सदा तत्पर रहेको व्यहोरा सम्बन्धित सबैमा अपिल गर्दछौँ–संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

 


क्लिकमान्डु