जनता बैंक र नेपाल नेत्रज्योती संघबीच संझौता, दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर गरिने



काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वमा स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको जनता बैंक र नेपाल नेत्रज्योति संघबीच एक संझौता सम्पन्न भएको छ ।

जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा तिर्थप्रसाद मिश्रले संझौता पत्र आदान प्रदान गरे ।

संझौता अनुसार यस आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरी निःशुल्क आँखा शिविर संचालन गरिने छ । शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ ।

यस बर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परीक्षण गर्नुको साथै आङ खस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने छ ।

गत आर्थिक बर्षमा सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची र जुम्लामा गरिएको स्वास्थ्य शिविरमा ८२ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन, ७ जना महिलाहरुको पाठेघरको निःशुल्क अपरेशन गरिएको थियो भने करिव ४ हजार जनताहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु