मंसिर १३ देखि १६ सम्म काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणाली लागु



काठमाण्डौ । यही मंसिर १४ देखि १७ गतेसम्म काठमाण्डौमा एशिया प्यासिफिक समिट हुन लागेको छ ।

सो कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट व्यक्तिहरु सहभागी हुने भएकोले मंसिर १३ गतेदेखि १६ गतेसम्म काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणाली लागु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

गृहमन्त्रालयको निर्देशन अनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते काठमाण्डौमा जोर नम्बरका गाडी मात्र चल्न पाउने महाशाखाद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु नहुन सूचनामा उल्लेख छ ।


क्लिकमान्डु