जगदम्बा कंक्रिटोको प्रिभ्यू मिट, रेमिट्यान्स बाहिर जान रोक्ने विश्वास 



काठमाण्डौ । नेपालको जगदम्बा गु्रप्र र हार्डवेयरहरुको वृहत संजाल भएको राजेश हार्डवेयरको संयुक्त लगानीमा विरगंज स्थित जगदम्बा कंक्रिटो उद्योगले नेपालमा यूरोपियन प्रविधि (अर्थात जर्मनी र बेलायती ईन्जिनियरीङ्ग) प्रयोग गरी विविध प्रिकाष्ट वस्तुहरु उत्पादन गर्दै आएको छ ।

उद्योगले ब्लक्स, ब्रिक्स, पाभर्स, केब्र्स, फ्लाग टायल्स, ड्रेन्स लगाएत थुप्रै उत्पादनहरु विक्रि वितरण गर्दै आएको छ । हालै मात्र उक्त वस्तुहरुको गुणस्तर, प्रयोग विधि तथा फाइदाको लागी नेपालका शहरी विकाश मन्त्री मोहमद इस्तियाक राइको प्रमुख आतिथ्यमा जगदम्बा कंक्रिटो प्रिभ्यू मिट सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मन्त्री राईले यस किसिमका वस्तुहरुको प्रयोगले नेपाल वातावरण मैत्री हुनुका साथै विश्वस्तरीय संरचना बन्ने हुँदा लगानीको कुल लागतमा पनि बचत हुने भएकोले सम्पूर्ण सरकारी प्रयोजनाहरुमा यस किसिमका वस्तुहरु प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा स्केप नेपाल का अध्यक्ष राजेश थापा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि आफ्नो मन्तव्य राख्दै यस्ता खालका उत्पादनले संरचनालाई अधुनिक बनाउने र नेपालको रेमिट्यान्स बाहिर जान रोक्न समेत मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका तर्फबाट, निर्देशक सुशिल शर्माले यस्ता कार्यक्रमहरु भावी दिनहरुमा पनि गर्दै जाने र आम उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवाद्धारा लाभान्वित गर्दै जाने प्रतिवद्धता ब्यक्त गरेका थिए ।


क्लिकमान्डु