लगानी बोर्डको निर्णयः आगामी चैतमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने



काठमाडौं । लगानी बोर्डले चैतको दोस्रो साता काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बोर्डको ३३औं बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि ०७३ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा विदेशी लगानीकर्ताहरुले खर्बौं रुपैयाँको लगानी गर्ने इच्छा जनाएका थिए । तर, अहिलेसम्म सो अनुसारको लगानी भने आएको छैन ।

सरकारले विदेशी लगानी भित्र्याएर मुलुकको आर्थिक विकास गर्ने उद्देश्यले फेरि लगानी सम्मेलनको आयोजना गर्न लागेको हो ।


पुष्प दुलाल