बुटवल र काठमाडौँमा बजाज मास्टर मेक कार्यक्रम, बिक्रेता र प्राविधिक उत्साहित



काठमाण्डौ । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगिताको आयोजना गरेको छ ।

देशभरिका वजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।

साथै प्रतिस्पर्धीहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउनेपनि हो, साथै विजय नहुने प्रतिस्पर्धीहरुलाई आफ्नो कम्जोरि पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो–कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यो प्रतियोगितालाई एचएच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय चरणमा गरी ४ चरणमा सञ्चालन गर्ने जानकारी हंसराज हुलासचन्दका तालिम विभागिय प्रमूख उमेश श्रेष्ठले गराए ।

प्रतियोगिताका क्रममा प्राथमिक चरणमा ५४१ ज्ना प्रतियोगिहरु मध्येबाट क्षेत्रीय चरणका लागि १३० जना प्रतियोगिहरु छनोट भएका थिए । ती मध्ये बुटवल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १८ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरु बीच क्षेत्रीय प्रतियोगिता भएको थियो ।

जसमा बिक्रेताहरुको प्रतियोगितामा नेपालञ्जको नेपाल ट्रेड च्यानलबाट भुवनेश्वर सिंह ठाकुरले प्रथम, सुर्खेतको असीम अटो पार्टसबाट धनबहादुर डेङगा मगरले द्घितीय र कावासोतीको चेक इन अटोबाट नरेशकुमार महतोले तृतीय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगितामा दलदलेको बाइक केयर सेन्टरबाट भुषणकुमार कुशवाहाले प्रथम, पाल्पाको राजन शाहीले द्घितीय र सल्ली बजारका किरण अटो पार्टसबाट समसुलहक खानले तृतीय स्थान हासिल गरे ।

ती मध्ये काठमाडौक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १९ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगिता भएको थियो ।

जसमा बिक्रेताहरुको प्रतियोगितामा कुमारीपाटीको एम एण्ड एम मोटरसाइकल सपीबाट सुनिल महर्जनले प्रथम, नया बानेश्वरको अटो भ्युबाट हरेन्द्र चौधरीले द्घितीय र भक्तपुरको एस एण्डएस इन्टरप्राइजेजबाट पुष्कर महर्जनले तृतीय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुकोप्रतियोगितामा ठेचोको बिष्णु मोटरसाइकल वर्कशपबाट बिनोद महर्जनले प्रथम, दहचोकको दीपज्योति ट्रेड कन्र्सनबाट प्रवेश पुडासैनिले द्घितीय र गोदावरीका हाम्रो मोटरसाइकल वर्कशपबाट रिकेश्वर श्रेष्ठले तृतीय स्थान हासिल गरे ।


क्लिकमान्डु