कनम्यान नेपाल २०१८ मा हिटाचीले सार्वजनिक गर्यो नयाँ प्रबिधिका उपकरण



काठमाडौं । कनम्याक नेपाल २०१८ मा सहभागी भइ, सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडसँगको सहकार्यमा, टाटा हिटाचीले नयाँ EX200 Super + हाइड्रोलिक एस्काभेटर र कम्प्याक्ट र शक्तिशाली मिनी एस्काभेटर ZAXIS33U सार्वजनिक गरेको छ ।

टाटा हिटाचीका पछिल्ला उत्पादनहरूको उद्घाटन सौर्यशमशेर जवरा(अध्यक्ष) सिप्रदी ग्रुप, हेमन्त मथुर(वरिष्ठ महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ, टाटा हिटाची) ले गरेका थिए ।

राजेशप्रसाद गिरी (प्रमुख संचालन अधिकृत(सिप्रदी ट्रेडिङ प्रालि) ले कार्यक्रममा स्वागत गरेका थिए ।

सार्वजनिक समारोहमा सौर्य शमशेर जवराले स्टेट अफ आर्ट प्रविधीको टाटा हिटाची उत्पादनहरू अनावरण गर्न र यो उद्योगमा र नेपालमा यसप्रकारको तिनीहरूको बेजोड टेलिमेटिक्स सोलुसन्स सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यी बेजोड उत्पादन सार्वजनिकबाहेक, टाटा हिटाचीको स्टलमा बेजोड कार्यसम्पादन गरेको ZAXIS220 Quarry र MAX Series को TH86 backhoe loader थिए । विशिष्टकृत उद्योगका एप्लिकसेनहरूको माग पुरा गर्ने अनुकुलित सामग्रीहरू पनि प्रदर्शनमा राखिएको थियो । त्यसबाहेक, प्रदर्शनीमा टाटा हिटाचीका विभिन्न खाले जेन्युन स्पेयर पार्ट्स पनि प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा बोल्दै सेल्स एण्ड मार्केटिङका बरिष्ठ महाप्रबन्धक हेमन्त मथुरले भने-हामीलाई हाम्रो आधिकारिक डिलर साझेदार सिप्रदी अर्थमुभर्ससँगको साझेदारीमा कन्म्याकमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ ।

नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र हामी नयाँ इएक्स २०० सुपर+ हाइड्रोलिक एस्काभेटर र मिनी हाइड्रोलिक एक्साभेटर जेडएक्सिस ३३ यु सार्वजनिक गर्दा पाउँदा गर्व गर्दछौं । हामीले हाम्रा ग्राहकहरूलाई फाइदा पुग्ने विश्वासका साथ क्लिक कप्लर पनि सार्वजनिक गरेका छौं ।

उनले थपे-‘हाम्रो बुथ आउँ देश बनाउँ’को विषयमा डिजाइन गरिएको छ । हामी हाम्रो मेसिनको प्रयोग गरेर नेपालको विकासका लागि प्रतिबद्ध छौं र हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मेसिन, उत्कृष्ट स्पेयर पार्ट्स र विक्रिपछिको उत्कृष्ट सहायता सेवामार्फत खुसी पार्ने लक्ष्य राख्दछौं ।


क्लिकमान्डु