एबीबी ग्रुपद्वारा प्रविधि दिवस आयोजना



काठमाण्डौ । भारतको एबीबी ग्रुपले नेपालका कम्पनीहरुलाई लक्षित गर्दै एकदिवसीय प्रविधि दिवस आयोजना गरेको छ।

कम्पनीका उत्पादनहरुका बारेमा जानकारी दिने उद्देश्यसहित उक्त समूहले काठमाडौंको हायात होटलमा यही मंसिर ५ गते कार्यक्रम आयोजना गरेको हो।

उर्जा, यातायात र अन्य क्षेत्रमा मेशिनरी र प्रविधि बनाउँदै आएको उक्त कम्पनीले नेपाली व्यवसायी लक्षित उक्त कार्यक्रमसँगै नेपालमा व्यापार बढाउने घोषणापनि गरेको छ।

कम्पनीले नेपालमा ८० प्रतिशतले बढी उपयोगिता बढाउने प्रविधि उपलब्ध गराउने बताएको छ । नेपालका सिमेन्ट उद्योग र सौर्य उर्जा प्रणालीमा नयाँ प्रविधि उपलब्ध गराएर उत्पादकत्व बढाउन सहयोग गर्ने कम्पनीले घोषणा गरेको छ।

पावर ग्रिड्स, एलेकट्रीफीकेसन प्रोडक्ट्स, इन्ड्रसट्रीयल अटोमेसन र रोबोटीक्सको क्षेत्रमा काम गरिरहेको कम्पनीले आयोजना गरेको उक्त कार्यशालामा नेपाली कम्पनीहरुले एबीबी का बिशेषज्ञहरुसँग जानकारी लिएका थिए ।

कम्पनीका बजार प्रबन्धक कर्थिक कृष्णमुर्थीले नेपाल विकासको चरणमा रहेकोले आधुनिक प्रविधिको खाँचो रहेको र यसमा कम्पनी सहयोग गर्न तयार रहेको बताए । नेपालमा अहिले निर्माण र औद्योगिककरणको प्ररारम्भीक चरणमा रहेको र यसमा आफ्नो कम्पनीको प्रविधि उपयोगी हुने उनको धारणा छ।

उनले भने-‘विश्वमा सफल भइरहेको प्रविधि नेपालका लागि पनि उपयुक्त हुन्छ, हाम्रा उत्पादनबाट नेपालका कम्पनी र सरकारले फाइदा लिनसक्छन् ।’


क्लिकमान्डु