हुंडई बहुमूल्य क्षण प्रतियोगिताको बिजेता घोषणा



काठमाण्डौ । नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सुरुवात गरेको डिजिटल क्याम्पियन हुंडई बहुमूल्य क्षण को बिजेता घोषणा गरेको छ ।

२२ नोभेम्बर, हुण्डाई शोरुम, थापाथलीमा आयोजित लक्की ड्र मार्फत, तारिक मानान्धर , सुधिर एस जे बी राणा र अमित बनमालालाई बिजेता घोषणा गरिएको छ । हुंडई बहुमूल्य क्षण प्रतियोगिता १४ अक्टोवर देखि १६ नोभेम्वर, २०१८ सम्म आयोजना गरिएको थियो ।

परिवारको अमूल्य क्षणहरु समेट्नको लागि हुन्डाई मोर्टस्ले यो प्रतियोगिता आयोजना गरेको थियो । यो प्रतियोगितामा भाग लिनको लागि सहभागिहरुले आफ्नो परिवार तथा मित्रजनहरुसँग अमूल्य क्षणहरु कैद गरी हुण्डाई मोट्र्सको आधिकारीक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने थियो । जस मध्ये लक्की डंं« मार्फत बिजेता घोषणा गरिएको छ ।

प्रतियोगिता अन्तर्गत तारिक मानान्धरज्यूले प्रथम पुरस्कारमा एक जोडिको लागि २ रात ३ दिनको कसारा रिसोर्ट, चितवनमा बसाई जित्न सफल भएको छ, त्यस्तेै दोस्रो पुरस्कारमा सुधिर एस जे बी राणाज्यूले कुलप्याड कुल १ र अमित बनमालाले तेस्रो पुरस्कारमा मकुलप्याट मेगा टु प्वाइन्ट फाइभडी जित्न सफल भएका छन् । हुंडई बहुमूल्य क्षण प्रतियोगितामा ५०० सहभागिहरुले सहभागिता जनाएका थियो ।


क्लिकमान्डु