एनआइसी एसियाको १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एसिया बैंकको १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । ७ वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८२/८३ मा परिपक्क हुनेछ ।

बैंकले गत भदौ २१ देखि २५ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँमा बिक्री गरेको १ अर्ब ८३ करोड रुपैयाँ बराबरका १८ लाख ३० हजार युनिट ऋणपत्र बुधबार सूचीकरण भएको हो ।

यो ऋणपत्रमा एनआइसी एशियाले ११ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले यसैवर्ष थप ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे ऋणपत्र बिक्री गर्ने घोषणा गरिसकेको छ ।


पुष्प दुलाल