जीतपुर र गौरमा एचएच बजाजको नयाँ शोरुम



काठमाण्डौ । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले विभिन्न स्थानमा नयाँ शोरुम उद्घाटन गरेको छ ।

‘न्यु एसडिएस इन्टरप्राइजेर्ज’, जीतपुर (बारा) र ‘गुप्ता अटोमोबाईलस’ गौरमा संचालनमा ल्याएको हो । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नकालागि सँधै प्रतिबद्ध रहेका कम्पनीले जनाएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । एचएच बजाजले कही कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनाजेर योगेन गुरुङले भने- ‘ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई जीतपुर (बारा) र गौरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिनेछ ।’

एचएच बजाज देशभरी रहेका ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए ।


क्लिकमान्डु