जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस पक्राउ



काठमाण्डौ । जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ परेका छन् । गोनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरिएको हो ।

रेनोका अध्यक्ष र प्रमुख कार्यकारी तथा मित्सुबिसी मोटर्सका अध्यक्ष समेत रहेका गोनले आफ्नो कमाइबारे पूर्ण विवरण नदिएको र कम्पनीको सम्पत्ति व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको भेटिएकाले उनलाई पक्राउ गरेर हिरासतमा राखिएको बताइएको छ ।

निशानका प्रमुख कार्यकारी हिरोटो साइकावाले पत्रकार सम्मेलन गरी पक्राउ परेका गोनमाथि प्रहरीले छानबिन गरिरहेको जानकारी दिए । कम्पनीको बोर्ड बैठकमा गोनको बर्खास्तीका लागि प्रस्ताव लगिने उनको भनाइ रहेको छ ।(एजेन्सीहरुबाट)


क्लिकमान्डु