टाटा मोटर्सद्वारा नेक्सन क्राज सार्वजनिक, के छ विशेषता, कति पर्छ मूल्य ?



काठमाण्डौ । टाटा मोर्टसको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले नयाँ गाडी नेक्सन क्राजको बिक्रि आरम्भ गरेको छ ।
“नेक्सनले आज नेपाली बजारमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभीको रुपमा आफ्नो वेग्लै पहिचान बनाउन सफल भइसकेको छ ।

नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजे मुख्यतः सक्रिय र साहसिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्ने टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले बताए ।

यस्ता छन् विशेषता
मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताइन्छ । यसैगरी २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा बढी सुरक्षित र आरामदायी बनाएको छ ।

चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एसयूभि मोडेलमा पाइन्छ ।

कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पे्रटोल र १५०० सीसी इन्जिन डिजेल क्षमतामा उपलब्ध छ ।

कति पर्छ मूल्य ?
मङ्सिर १ गते बाट नेक्सन क्राज, क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा डिजेलका लागि ४३ लाख ८५ हजार र पेट्रोलका लागि ३९ लाख ९५ हजारको सुरुवाती मुल्यमा उपलब्ध हुनेछन ।

मनमोहक बनावट एवं उत्कृष्ट कार्य क्षमताले गर्दा यस नयाँ गाडीले नेपाली उपभोक्ताको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु