तीन वर्षमा आइएफसीले नेपालको निजी क्षेत्रमा ९० अर्ब लगानी गर्ने



काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम(आइएफसी)ले नेपालको विकासको लागि ९० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

आइएफसीले निजी क्षेत्रमा लगानी गर्ने गर्छ । नेपालका केही वाणिज्य बैंक तथा निजी क्षेत्रका कम्पनीले आइएफसीबाट ऋण लिएका छन् ।

आइएफसीका नेपाल,बंगलादेश र भुटानकी आवासीय म्यानेजर वेन्डी वेर्नरले तीनवर्षभित्रमा ८०० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरिन् । अहिलेको अमेरिकी डलरसँगको विनिमयदर अनुसार यो रकम ९० अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

‘चुनावपछि गठन भएको स्थाई सरकारले लगानीका अवसर खोल्दै जाने छन्,यसको कारण हामीले लगानी बढाउने घोषणा गरेका हौ,’ उनले भनिन् ।


क्लिकमान्डु