एनआइसी एशिया झनै आक्रमक, पुँजी बढाउन सेयरधनीलाई १०% बोनस सेयर



 

काठमाडौं । एनआइसी एशिया बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गरेको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको ३७७औं बैठकले आर्थिक वर्ष ०७४÷७५ को नाफाबाट उक्त लाभांस दिने प्रस्ताब गरेको हो ।

बोनस सेयर दिने बैंक सञ्चालक समितिको उक्त प्रस्ताब नियामक निकाय नेपाल राष्ट्र बैंक र एनआइसी एशिया बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण हुन्छ ।

गत वर्षदेखि आक्रमक बजार बिस्तारमा लागेको एनआइसी एशिया बैंकले पुँजी बढाउनका लागि गत वर्षको नाफाबाट बोनस सेयर दिएको हो ।

यसअघि लाभांस घोषणा गर्ने अधिकांश बैंकहरुले नगद लाभांस दिने घोषणा गरेका भएपनि यो बैंकले भने बोनस सेयर दिने घोषणा गरेको हो । पुँजी बढाएर बैंक आगामी वर्षहरुमा पनि बजारमा आक्रमक भएर अघि बढ्ने नीति लिएको देखिन्छ ।

सच्याइएको
यसअघि यसै समाचारमा बोनस सेयर हुनुपर्नेमा अन्यथा भएकोप्रति क्षमा प्रार्थी छौं ।
-सम्पादक


पुष्प दुलाल