सुजुकी जीक्सर एसपी एबीएस बाइक बजारमा



काठमाण्डौ । नेपालको लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारिक वितरक भिजि अटोमोबाइल्स प्रालिले २०७५ मा आफ्नो नयाँ बाइक जीक्सर एसपी एबीएसलाई नेपाली बजारमा सार्वजनिक गराएको छ ।

धेरैले रुचाएको र युवाको ढुकढुकीको रोजाईमा रहेको सुजुकी जीक्सर बाइक नेपालमा अध्याधिक बिक्री हुने बाइकमा पर्दछ । साथै कम्पनीले यसमा अझै थप सुरक्षाको प्रविधि एबीएस थप गरी नेपाली बजारमा भित्राएको छ ।

पुरानो जीक्सरको तुलनामा यसको लुक्समा कुनै परिवर्तन गरिएको छैन । कम्पनीले जीक्सरलाई नयाँ थप कलर भेरिएन्टमा भने सार्वजनीक गरेको छ । नयाँ एसपी एडिसनमा ब्लाक गोल्ड डिजाईनको साथमा आएको नयाँ जीक्सर एसपी एबीएसमा नयाँ डबल डिस्क ब्रेक दिईएको छ ।

सिंगल च्यानल एबीएसमा भेरिएन्टको मुल्य नेपाली रुपैया २ लाख ९९ हजार ९०० रुपैया रहेको छ । १५४.९ सीसी सिंगल सिलिण्डर इन्जिनमा उपलब्ध रहेको छ, जस्ले १४.८ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ५ स्पिड म्यानुयल गेरबक्स दिइएको छ ।

यो नयाँ बाइक सुजुकीको देशभरमा रहेको सबै ७८ वटा शोरुमहरुमा यही २०७५ कार्तिक १८ गते देखि उपलब्ध गराइएको छ । यसका साथै कम्पनीले सुजुकी दुई पांग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु