३.३१ अंकले घट्यो नेप्से, २३ करोडको कारोबार




काठमाडौं । साताको पाचौँ अर्थात अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३.३१ अंकले घटेको छ । ०.२७ प्रतिशतले घट्दा परिसूचक १२०५.५८ विन्दूमा पुगेको हो ।

नेप्सेले जनाए अनुसार आज १ सय ५८ कम्पनीका ८ लाख २७ हजार ८ सय ५६ कित्ता सेयर खरिद विक्री भएको हो । समग्र नेप्सेमा २३ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज होटल समूह बाहेक सबै समूह घटेका छन् । होटल समूह ०.३८ अंकले बढेको हो ।

यस्तै, बैंकिङ समूह २.९८, विकास बैंक समूह ३.१९, जलविद्युत समूह ३.६६, वित्तीय समूह ०.६७, निर्जीवन बीमा समूह २४.१७, अन्य समूह १.१२, लघुवित्त समूह १२.७९ र जीवन बीमा समूह १.३८ अंकले घटेका हुन् ।

आज सबैभन्दा बढी कारोबार प्रभु बैंकले गरेको छ । बैंकले २ अर्ब ३१ लाख ८८ हजार ९ सय ८६ रुपैयाँको टर्नओभर गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सले आज सबैभन्दा बढी कमाई गरेको छ । इन्स्योरेन्सले ९.९३ प्रतिशतले कमाई गरेको हो । मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाले आज सबैभन्दा बढी गुमाएको छ । संस्थाले ३.८८ प्रतिशतले गुमाएको हो ।


क्लिकमान्डु