१० हजार रुपैयाँको नोट छाप्न राष्ट्र बैंकलाई बैंकर्स संघ अध्यक्ष ढुंगानाको सुझाव



काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकलाई १० हजार रुपैयाँको नोट छाप्न सुुझाव दिएका छन् ।

नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले बुधबार आयोजना गरेको एक अन्तर्कृया कार्यक्रममा ढुंगानाले मूल्यबृद्धि अनुसार ५००० र १० हजार दरको नोट छाप्नुपर्ने बताए ।

राष्ट्र बैंकले अहिले १००० दरको भन्दा बढीको नोट निष्कासन गर्दैन ।

‘अहिले एक हजार रुपैयाँले लिएर कोहीपनि हिड्दै,मूल्यबृद्धि अनुसार ५ देखि १० हजार रुपैयाँ दरको नोट निष्कासन गर्नु आवश्यक भएको छ।’ढुंगानाले भने ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बैंकहरुले कम जनशक्तिबाट बढी काम लिएको भन्दै दशैंको समयमा नोट साट्ने व्यवस्था मिलाउन नसकेको बताए ।


क्लिकमान्डु